कैलालीको टीकापुर लगायत बिभिन्न स्थानबाट अवैध सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा झण्डै ४ लाखको अवैध सामान फेला परेको छ । जिल्लाका विभिन्न स्थानमा अन्दाजी ३ लाख ९७ हजार २७० मूल्यको अवैध सामान फेला पारेको हो ।

धनगढी–३ ट्राफिक चौहारा, धनगढी–७ मोतीचोक, धनगढी–१८ नक्लीपुर, भजनी नगरपालिका–८ कालिका स्कुल नजिक र टीकापुर नगरपालिका९ बालुवाटारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको चिनी, मसला, पास्ता, बिडी, सुटपिस, प्लाष्टिक डोरी, झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *