शेयेर गर्नुहोस
टीकापुर । कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–३ शिशा पोष्ट नजिकबाट धनगढी उपमहानगरपालिका–१३ बस्ने २० वर्षीय रमेश राना पक्राउ परेका छन् । रानालाई १ ग्राम ३८० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यसैगरी धनगढी उपमहानगरपालिका–३ बोराडाँडीबाट सोही ठाउँ बस्ने २९ वर्षीय गोबिन्द सिहं महरा पक्राउ परेका छन् । महरालाई २३० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
धनगढी उपमहानगरपालिका ३ सिसा पोष्ट नजिकबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ बस्ने २२ वर्षीय प्रकाश घरेडीलाई ३७ ट्याब्लेट नाईट्रापाम नामक लागू औषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।