चार महिनापछि बैठक बस्दै

शेयेर गर्नुहोस

अत्तरिया  । सुदूरपश्चिम प्रदेशसभाको बैठक चार महिनापछि बस्ने भएको  छ । माघ ६ गतेका लागि प्रदेशसभाको बैठक बोलाइएको हो ।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले माघ ६ गते बिहान ११ बजेका लागि बैठक बोलाइएको  जानकारी दिनुभयो  ।  गत असोज ५ गते प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८१-०८२ को बजेट पारित भएपछि प्रदेशसभाको बैठक बस्न सकेको थिएन । प्रदेश सरकारले स्थानीय सरकार सञ्चालन ऐन ल्याउने समेत तयारी गरेको छ । 

प्रदेश  सभा विधायन  समितिका सभापति दिवान सिङ विष्टले  ऐन ल्याउन समितिले स्थानीय तहका जनप्रतिनिधि  सँग सुझाव सङ्कलन गरेको र ऐन ल्याउने अन्तिम तयारीमा रहेको जानकारी दिनु भयो ।

ताजा खबर

अध्यादेशले सरकारको निरंकुश प्रवृति देखियो: श्रेष्ठ

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश

‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

सहिद तथा बेपत्ता परिवारका सदस्य सम्मानित

amazed