चट्टान फोरेपछि गाउँ जोडिँदै

शेयेर गर्नुहोस

बाजुरा । बाजुराको पूर्वीउत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाले ग्रामीण सडक निर्माणलाई तीव्रता दिएको छ । दुर्गमका गाउँबस्तीलाई सडक सञ्जालको पहुँचमा राख्ने उद्देश्यले सो पालिकाले यहाँका ग्रामीण सडक निर्माण तीव्र पारेको हो । स्थानीयको पहिलो माग सडक रहेकाले पालिकाले त्यो माग पूरा गर्ने गरी दुर्गमका गाउँबस्तीमा ग्रामीण सडक निर्माणलाई तीव्रता दिँदै आएको हिमाली गाउँपालिकाले जनाएको छ  । यहाँका ४, ५, ६ र ७ वटा वडापालिका गत वर्षबाटै सडक सञ्जालको पहुँचमा छन् भने १, २ र ३ वडा निकै विकट क्षेत्र पर्ने भएकाले त्यहाँ अहिलेसम्म सडक पुग्न सकेको छैन । अहिले यी वडा पनि सडक सञ्जालले जोड्ने गरी पालिकाले निर्माणको काम तीव्र पारेको हो । 

यो पालिका यहाँका अन्य पालिकाभन्दा निकै विकटमा ठाउँमा पर्छ । यहाँका प्रत्येक गाउँबस्तीमा प्रायः ठुलठुला चट्टान छन् । ती चट्टान फोडेर गाउँमा सडक विस्तार गर्न निकै कठिन हुने गरेको हिमाली गाउँपालिकाका प्राविधिक जनकबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाको अथक प्रयासपछि ४, ५, ६ र ७ वडा सडक सञ्जालको पहुँचमा रहे पनि अन्य तीन वडामा अझै सडक पुग्न सकेको छैन ।” पालिकाले यो वर्षदेखि ती वडालाई समेत सडक सञ्जालको पहुँचमा राख्ने गरी अहिले सडक विस्तार गर्ने कामलाई तीव्रता दिँदै आएको रोकायाले बताउनुभयो । यातायात सुविधा नहुँदा स्थानीयलाई हिमाली गाउँपालिकाको धुलाचौर पुग्न पनि एक दिनभन्दा बढी लाग्ने गथ्र्याे । गत वर्षदेखि नै यहाँका ४, ५, ६, ७ वडामा गाडी गुड्न थालेपछि अहिले उनीहरू दुई तीन घण्टामा त्यहाँ पुग्ने गर्छन् । 

यहाँका स्थानीयको सबैभन्दा पहिलो माग भनेको सडक, शिक्षा, स्वास्थ्य र खानेपानी हो । ती माग पुरा गर्न आफू निरन्तर लागिपरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “२०७५ सालदेखि अहिलेसम्म गाउँमा स्वास्थ्य, शिक्षा तथा खानेपानीको क्षेत्रमा निकै सुधार भएको छ । यहाँका प्रत्येक बालबालिका अहिले शिक्षाको पहुँचमा छन् । यहाँका प्रत्येक गाउँबस्तीमा खानेपानीको राम्रो सुविधा छ ।” केही वर्षमा यहाँका सबै वडामा सडक सञ्जाल जोड्ने गरी विभिन्न निकायसँग समन्वय तथा सहकार्य गर्ने कामलाई समेत तीव्रता दिँदै आएको अध्यक्ष मल्लले बताउनुभयो ।   

गोरखापत्र

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभा अनिश्चित

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

कञ्चनपुुरमा खोलामा डुबेर एक बालकको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *