सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प के कति भयो क्षति ?

शेयेर गर्नुहोस

सिन्धुपाल्चोकमा भूकम्पले सामान्य क्षति पुर्‍याएको छ।

शुक्रबार बिहान २स्५१ बजे भोटेकोशी गाउँपालिका(२ भैरवकुण्ड आसपास केन्द्र भएर गएको ६।१ म्याग्निच्युडको भूकम्पले सामान्य क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए।

उनका अनुसार मानवीय क्षति भएको सूचना प्राप्त भएको छैन। 

जिल्ला कारागार कार्यालयमा दुई जना बन्दी भाग्ने क्रममा घाइते भएको उनले जानकारी दिए। अन्य क्षति भएको भने जानकारीमा नआएको र सुरक्षा संयन्त्रहरूलाई विवरण संकलन गर्न भनिएको उनले बताए।

सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर प्रसाद यादवले पनि क्षति भएको विवरण नआएको र बुझ्नका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए।

मानिसहरू रातिको समयमा घरबाहिर निस्किएको भन्नेसम्म छ। क्षति भएको भन्ने आएको छैन,ु उनले भने।

भोटेकोशी गाउँपालिका(२ की वडासदस्य सुनिता श्रेष्ठले भूकम्प गएपछि मानिसहरू बाहिर निस्किएको जानकारी दिइन्। तर मानवीय र भौतिक क्षति भएको भन्ने जानकारीमा नआएको बताइन्।

राति पनि भयो। मानिसहरू घरबाहिर चाहीँ निस्कनुभएको थियो। घरहरू ढलेको, मानवीय क्षति भएको विवरण आएको छैन। गढीमा पर्खाल भत्किएको भन्ने छ। हामी पनि बुझ्दै पनि छौं,ु उनले भनिन्।  

ताजा खबर

एकै दिन लागू औषध सहित ८ जना पक्राउ

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *