अत्तरियाबाट लागुऔषधसहित दुई युवक पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीको गोदावरी नगरपालिकाबाट दुई जना युवकलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–१० घर भई हाल गोदावरी नगरपालिका – १ बस्ने २८ वर्षीय विशाल महरा र गोदावरी नगरपालिका–२ का १८ वर्षीय किसन भट्ट रहेका छन् ।

बिहीबार दिउँसो अत्तरियामा धनगढी रोडमा हिँडिरहेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट ७१० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारेको ईलाका प्रहरी कार्यालय मालखेतीले जनाएको छ ।

लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed