स्ववियु चुनाव प्रक्रिया शुरू, आज सङ्घ–सङ्गठन दर्ता

शेयेर गर्नुहोस

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्ववियु चुनावको प्रक्रिया आजदेखि शुरू भएको छ । तालिका अनुसार चुनाव हुने क्याम्पसहरूमा आज सङ्घ–सङ्गठन, समूह दर्ता गर्ने कार्यक्रम छ । त्यसका लागि सङ्घ–सङ्गठन, समूहको लेटरप्याडमा निवेदन पेश गर्नुपर्नेछ ।

आउँदो चैत ५ गते हुने मतदानका लागि देशभरका क्याम्पसहरूमा आज दिउँसो ३ बजेसम्म सङ्घ–सङ्गठन दर्ताको कार्यक्रम राखिएको हो । त्यसपछि पर्सि फागुन २१ गते मतदाता सूची प्रकाशित गर्ने, फागुन २५ गते मतदाता सूचीमा दाबी विरोध गर्ने र त्यही दिन दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

यस्तै फागुन २५ गते उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय फागुन २७ गतेका लागि तोकिएको छ । यही दिन नै दुवैतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

यसैबीच नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले स्ववियु चुनावको तयारीका लागि १४ समिति गठन गरेको छ । स्ववियु चुनावमा सहभागितालाई थप प्रभावकारी बनाउन समितिहरू गठन गरिएको सङ्घले जनाएको छ ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed