गाईले पायो न्याय

शेयेर गर्नुहोस

बाजुरा  । बाजुराको जगनाथ गाउँपालिका–६, काप्रेगोत्रीका स्थानीयले कर्णाली नदीमा बगाएको गाईले न्याय पाएको छ । गत चैत २ गते साउने सार्कीको मृत्यु भएपछि उनको मृत आत्माले शान्ति पाउँछ भनेर यहाँका स्थानीयले एउटा जिउँदो गाई कर्णाली नदीमा बगाएका थिए । यसरी कर्णाली नदीमा बग्दै गरेको गार्ईको तस्बिरको सामाजिक सञ्जालमा चर्चा भएपछि प्रहरीले त्यो गाईलाई ३ गते उद्धार गरेको थियो ।  

अहिले कर्णाली नदीमा फालिएको गाई खोजेर यहाँकै स्थानीय प्रजन सार्कीलाई पाल्ने जिम्मा दिइएको प्रहरीले जनाएको छ । एक अबोध पशुलाई निर्मम कुटपिट गरेर कर्णाली नदीमा बगाउने कार्य गर्नेलाई प्रहरीले कारबाहीसमेत गर्ने भनिएको छ । कर्णाली नदीमा गाई बगाउने सबैको अहिले पहिचान भएको छ । अहिले उनीहरू मृतक साउने सार्कीको किरियामा रहेकाले केही दिनपछि तिनलाई समातेर जिल्लामा ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।    

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभा अनिश्चित

कञ्चनपुरमा जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

कञ्चनपुुरमा खोलामा डुबेर एक बालकको मृत्यु

amazed