अखिल नेपाल महिला संघ अछामको अध्यक्षमा भावना केसी चयन

शेयेर गर्नुहोस

अछाम  । नेकपा (एमाले) को महिला भातृ सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) अछाममा नयाँ नेतृत्व चयन गरिएको छ । सदरमुकाम मंगलसेनमा सम्पन्न नवौं अधिवेशनले भावना केसीको अध्यक्षतामा १५ सदस्यीय सर्वसम्मत नयाँ समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा मोतिसरा भण्डारी र देवसरा खड्का, सचिवमा पुन्ना कुँवर, सहसचिवमा इन्दु पाण्डे, कोषाध्यक्षमा निताकुमारी शाही चयन हुनुभएको छ । यस्तै समितिको सदस्यमा गोमा कामी, कविता रावल, सविता रावल, सरिता भण्डारी, भरुदेवी रावल, लक्ष्मीकुमारी बुढा, पशुपति साउँद, विन्दाकुमारी विक र सरिताकुमारी शाही चयन हुनुभएको छ । 

जिल्ला अधिवेशनमा एमाले केन्द्रीय सदस्य तथा अछाम १ का निवर्तमान प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी, जिल्ला अध्यक्ष चन्द्र बोहरा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभा अनिश्चित

कञ्चनपुरमा जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

कञ्चनपुुरमा खोलामा डुबेर एक बालकको मृत्यु

amazed