सुनको भाउ आज दुई सय रुपैयाँले घट्यो

शेयेर गर्नुहोस

काठमाण्डौ – सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ । हिजो ६ सय रुपैयाँले घटेको सुनको भाउ आज दुई सय रुपैयाँले घटेको हो ।

आज सुन तोलाको एक लाख ७३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ७३ हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै लागातार तेश्रो दिन आज पनि चाँदीको भाउ यथावत् छ । आज चाँदी तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed