शेयेर गर्नुहोस
छबिलाल जैसी
टीकापुर । कैलालीको टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २ दिने बचत खेल तालिम शुरु भएको छ ।
सहकारीका अध्यक्ष नृपराज भण्डारीको अध्यक्षतामा भएको उक्त तालिम उद्घघाटन कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गणेश बहादुर साउँद प्रमुख अतिथि रहनुभएको थियो ।
लेखा सुपरिवेक्षण समिति संयोजक रजनी शाहीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन व्यवस्थापक छबिलाल जैशीले गर्नुभएको थियो । तालिममा संस्थाका २५ जना शेयर सदस्यहरुको सहभागिता रहेको छ । तालिमबाट सहभागिहरुले आफ्नो आम्दानीबाट कसरी बचत बढाउँदै गुणस्तरीय जीवन निर्वाह गर्न सकिन्छ भन्ने ज्ञान हासिल गर्ने प्रशिक्षक राजन सुवेदीले बताउनुभयो ।
तालिम नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को प्राविधिक सहयोग तथा जर्मन स्पार्कस्सेन्टिफ्टुङ्को व्यवस्थापनमा संचालन भैरहेको छ । तालिममा नेफ्स्कुनका प्रशिक्षकहरु राजन सुवेदी र उमेश कोइरालाले सहजिकरण गरिरहनु भएको छ ।
