सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्व सरकारको एक वर्ष

शेयेर गर्नुहोस

टीकापुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारको एक वर्ष पुगेको छ । गतवर्ष तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बहुमत जुटाउन नसक्दा पदबाट राजीनामा दिएपछि साउन २० गते शाह दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको समय सीमामा नागरिक उन्मुक्ति पार्टीका दुई जनाले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेपछि नेपाली काँग्रेसका शाहले बाजी मारेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीबाट मुख्यमन्त्री नियुक्ति हुन नसकेपछि प्रदेश सभामा सबैभन्दा ठुलो दलका संसदीय दलको नेताका हैसियतले शाहलाई मुख्यमन्त्री बन्ने अवसर मिलेको थियो ।

उनले नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीलाई समावेश गरेर सरकार बनाएका थिए। पछिल्लो समय नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिनुका साथै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ। मुख्यमन्त्री शाहले प्रदेश सभाबाट विश्वासको मत समेत लिएका छन। शाह नेतृत्वको सरकारले प्रदेश सभाबाट स्थानीय सेवा ऐन निर्माण गरेर स्थानीय तहमा देखिएको कर्मचारी सम्बन्धी समस्या समाधान कार्यको सुरुवात गरेको छ ।

सरकारले एक वर्षसम्म गरेको कामको उपलब्धिहरू आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले बताए ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *