अछाम र कैलालीका दुई युवा ब्राउनसुगरसहित पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । आठ ग्रामभन्दा धेरै अवैध लागूऔषध खैरो हेरोइन (ब्राउनसुगर) सहित आइतबार कैलालीमा दुई जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–२ ब्यारेल नजिकबाट आठ ग्राम तीन सय २० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–११ का २६ वर्षीय बिक्रम बि।क। र अछामको साँफेबगर नगरपालिका–३ का २२ वर्षीय हेमराज कुँवर रहेका छन् ।

वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट ब्राउनसुगर भेटिएको बताइएको छ ।

बरामद ब्राउनगरसहित दुबै जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed