कैलाली कारागारमा कुटाकुट, पाँच जना घाइते

शेयेर गर्नुहोस

टीकापुर । कैलाली कारागारमा कैदीबन्दीबिच कुटाकुट हुुँदा पाँच जना घाइते भएका छन् ।

बिहीवार कारागारमा कैदीबन्दीबिच कुटाकुट भएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले झडपका क्रममा घाइते भएका पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए। उनले घटनाबारे छानविन भइरहेको बताए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका तीन जनाको अन्यत्र सरूवा भएको कारण झडप भएको बताए । तीन जनाको स्थानान्तरण गर्ने क्रममा विवाद हुँदा झडप भएको उनको भनाइ छ ।

कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबिच कुटाकुट भएको बताइएको छ । कैदीबन्दीबिच कुटाकुट भएपछि अहिले कैलाली प्रहरी प्रमुख बालनरसिंह राणा, डीएसपी राजकुमार सिंहले कारागार पुगेर घटनाबारे जानकारी लिनुभएको छ। कैलालीमा पछिल्लो समय सामुहिक झडपको असरले कारागारमा लफडा हुँदैआएको छ ।

जिल्लामा सामुहिक झडप गर्नेहरु कारागार चलान भएपछि कारागार भित्र लफडा हुँदैआएको बताइएको छ । केही समयअघि कारागारका कैदीबन्दी सरुवाको विरोधमा उत्रिएका थिए ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed