कैलालीको टीकापुरमा बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा बसको ठक्करबाट मंगलवार एक जनाको मृत्यु भएको छ । टीकापुर बसपार्कबाट लम्कीतर्फ गैरहेको सुदूरपश्चिम प्रदेश ०१–००१–ख ३५८३ नम्बरको बसले मङ्गलवार बिहान साइकल र मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो ।

मृत्युु हुुनेमा साइकल यात्री टीकापुर नगरपालिका–६ मिलनपुरका ४५ वर्षीय अट्वारी चौधरी रहेका इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नविनराजा बुढाथोकीले बताए ।

दुर्घटनामा सुदूरपश्चिम प्रदेश ०१–१२–प १८६९ नम्बरको मोटरसाइकल चालक टीकापुर नगरपालिका वडा नम्बर ६ का वर्ष २५ का राजु चौधरी घाईते भएका छन । घाइते चौधरीलाइ उपचारका लागी नेपालगञ्ज पठाइएको छ। बस चालक कैलालीको गोेदावरी नगरपालिका–८ का हरिकेशी लम्साललाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed