ट्याक्टर दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुल्यो, घाइते टीकापुरका वासिन्दा

शेयेर गर्नुहोस

टीकापुर । बैतडीमा ट्याक्टर दुर्घटनामा परी मृत्यु भएका चालकको पहिचान खुलेको छ। दुर्घटनामा परेर दार्चुला जिल्लाको महाकाली नगरपालिका–५ गल्फैका अन्दाजी २१ वर्षका चालक करन बुढामगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ अनारखोलीमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेर अन्य तीन जना घाइते भएका छन् ।

कैलालीको टिकापुर नगरपालिका–७ का अन्दाजी ४० वर्षीय सुरज घर्ती मगर र उनका छोरा अन्दाजी १८ वर्षीय सिद्धार्थ घर्ती मगर र टीकापुर –६ का अमित विक घाइते भएका हुन् ।

घाइते तीनै जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये सुरजको अवस्था गम्भीर रहेको छ। अनियन्त्रित भएर ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *