एकै दिन लागू औषध सहित ८ जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलाली कञ्चनपुरमा दैनिक जसो लागू औषध प्रयोगकर्ता भेटिन थालेका छन् । प्रहरीले एकै दिन लागू औषध सहित जिल्लाका विभिन्न स्थानबाट ८जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार धनगढी उपमहानगरपालिका – ६ जालीबाट २३ वर्षीय विशाल चौधरीलाई पक्राउ गरेको छ । उनको साथबाट ४९० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको थियो ।

यस्तै इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले सोमबार राती घोडाघोडी नगरपालिका – १ बेलारबाट ३० वर्षीय दिनेश कुवरलाई पक्राउ गरेको छ । उनको साथबाट १०० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

उता लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका – ९ स्थित जानकी सामुदायिक वनमा लागू औषध खरिद विक्री भइरहेको अवस्थामा कृष्णपुर – ७ कलुवापुरका २४ वर्षीय नीरज राना र ३२ वर्षीय सुरेन्द्र रानालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट पनि ९७ मिलिग्राम लागू औषध खैरो हेरोइन र उनीहरूले प्रयोग गरेको सु।प।प्र। ०२–००४ प २५४ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैबिच इलाका प्रहरी कार्यालय बेलडाँडी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेलडाँडी गाउँपालिका – ३ बनकुरुवामा म २ प ८७१५ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा स्कुटी चालक शुक्लाफाँटा नगरपालिका – ३ पिपलाडीका २६ वर्षीय रिमलाल डगौरा र स्कुटी पछाडि सवार २५ वर्षीय भुवन सिंहलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ८ ग्राम ३६० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसै गरी इलाका प्रहरी कार्यालय बेलडाँडीबाटै खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका – १० जर्सिखल्ला स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको से २ प ३३४० नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका – ११ बेलीका २६ वर्षीय दीपेन्द्र चौधरी र मोटरसाइकल पछाडि सवार धनगढी – ६ मटिहारीका ३३ वर्षीय रमेश मल्ल पक्राउ गरेको छ । उनीहरूको साथबाट २ ग्राम ४० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको छ ।

ताजा खबर

एकै दिन लागू औषध सहित ८ जना पक्राउ

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *