बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टिकापुर नगरपालिका–९ खक्रौला बाट अवैध लागूऔषधसहित बर्दियाका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजापुर नगरपालिका–१ निवासी २३ वर्षीय प्रमोद थारु रहेका छन् ।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्ने क्रममा थारुको साथबाट खैरो हिरोइनजस्तो देखिने ७१० मिलिग्राम धुलो पदार्थ तथा ७ पिस नाइट्रोभेट ट्याबलेट बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद लागूऔषधसहित थारुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed