कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा प्रहरीले तस्करी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–१९ खेदाघाटबाट भन्सार छली गरी भारतबाट ल्याइएको डिजेलसहित भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको सुडा बस्ने ३५ वर्षीय उमेश गुप्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार साँझ अन्दाजी २ लाख ५८ हजार ८ सय रुपैयाँ मूल्य बराबरको डिजेल र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले बरामद सामानसहित थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

यस्तै कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–३ नेशनल ट्रेडिङ् नजिकबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य २लाख १० हजार १०० बराबरको बिडी, सुर्ति, प्लाष्टिक झिल्ली, वोईलर कुखुरा, मोटरसाइकल थान–१ लगायतका सामान विहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *