मेडिकल सञ्चालनको माग गर्दै चक्काजाम सहित प्रर्दशन

शेयेर गर्नुहोस

अत्तरिया । नेपाली कांग्रेस निकट नेपाल विधार्थी संघले गोदावरी नगरपालिका वडा नम्वर ५ मा निर्माणाधिन गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै प्रदर्शन गरेको छ।

कलेज र अस्पताल संचालनको स्वीकृती दिनुपर्ने माग राख्दै नेविसंघले आज दिउँसो मेडिकल कलेज अगाडी एक घण्टा चक्काजाम गर्दै प्रर्दशन गरेको हो। अत्तरिया बजारवाट ¥यालीसहित मेडिकल कलेज अगाडि पुगेका नेविसंघका नेता कार्यकर्ताहरुले सरकारी ढुकुटीको पौने चार अर्ब रकम खर्च भइईसकेको बताउँदै मेडिकल कलेज सञ्चालनका लागि प्रक्रिया अगाडि बढ्नुपर्ने माग राखेका छन्।

नेविसंघका युवा नेता जगत महराले मेडिकल कलेजको निर्माण अन्तिम चरणमा पुगेको बताउँदै संचालनबारे कुनै निर्णय नहुनु दुखद रहेको बताए। कार्यक्रममा काग्रेस नेता पदमराज भट्ट, तरुण दलका गोदावरी नगर सभापति शंकर खड्का र नेविसंघ दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका पूर्व ईकाइ सभापति पदमराज ओझाले मन्तब्य राखेका थिए।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *