मापसे गरेर बजारमा होहल्ला गरेको आरोपमा नगर प्रहरी प्रमुख पक्राउ

शेयेर गर्नुहोस

काठमाडौँ । मापसे गरेर होहल्ला गरेको आरोपमा घोराही उपमहानगरपालिकाका नगर प्रहरीका प्रमुख सई रुद्रप्रसाद पन्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले पन्थीलाई गएराति नियन्त्रणमा लिइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिइ हिरासतमा राखेको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक दिनेश रिमालले बताए ।

प्रहरीले मापसे गरेर होहल्ला गर्नुका साथै प्रहरीसँग अभद्र व्यवहार गरेका कारण उनलाई नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । घोराही उपमहानगरले केही समय पहिले नगरभित्रको सुरक्षा, बजार व्यवस्थापन लगायतका कुराहरुमा सहयोग गर्ने गरि उपमहानगरमा नगर प्रहरीको व्यवस्था गरेको थियो । (साभारः रातोपाटी)

ताजा खबर

५ किलो चरेश सहित एक जना पक्राउ

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

amazed