कांग्रेसको वडा अधिवेशनका लागि कैलाली सहित सबै जिल्लामा निर्वाचन अधिकृत तोकियो

शेयेर गर्नुहोस

टीकापुर । नेपाली कांग्रेसका वडा अधिवेशन हुन बाँकी सबै जिल्लामा निर्वाचन अधिकृत तोकिएकोे छ । कांग्रेसमा १३ जिल्लामा अझै वडा अधिवेशन हुन बाँकी छ ।

प्रदेश दुईका आठ जिल्लासहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा वडा अधिवेशन हुन सकेको छैन ।

समितिले कैलालीमा यसअघि नै जिल्ला निर्वाचन अधिकृत पठाइसकेको छ । कैलालीमा टेकप्रसाद सुवेदीालाई मतदान अधिकृत तोकिएको हो । बाँकी सबै जिल्लामा समितिले निर्वाचन अधिकृत खटाएको हो ।

निर्वाचन समितिले वडा अधिवेशन हुन बाँकी जिल्लामा कात्तिक २७ को मिति तोकेको छ । परिमार्जित कार्यतालिका अनुसार पालिका अधिवेशन कात्तिक ३० गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर २ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर १० गते हुनेछ कांग्रेसले पाँचौ पटक महाधिवेशन कार्यतालिका परिमार्जन गर्दै १४ औं महाधिवेशन मंसिर २४ देखि २७ सम्म काठमाडौंमा गर्ने गरी मिति सार्वजनिक गरेको हो ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed