देउवाको निर्देशनः गठबन्धनलाई धोका नदिनू

शेयेर गर्नुहोस

विराटनगर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका लागि गरिएको चुनावी गठबन्धनमा धोका नदिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बुधबार विराटनगरमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै उनले गठबन्धन राष्ट्रिय आवश्यकता हो भन्दै धोका नदिन आग्रह गरेका हुन् । ‘गठबन्धन राष्ट्रिय आवश्यकता हो, यसमा धोका दिने काम गर्नु हुँदैन’ उनले भने ।

प्रधानमन्त्री देउवाले गठबन्धनमा शंका उपशंका पैदा गर्ने काम नगर्न पनि कार्यकर्तालाई आग्रह गरे । ‘कांग्रेसले धोका खाए पनि धोका दिँदैन’ उनले भने ।

अहिले कांग्रेस पार्टीको टाउकोमा ठूलो जिम्मेवारी रहेको भन्दै देउवाले कसैको पनि एकल बहुमत नभएकाले कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको बताए ।

प्रधानमन्त्री देउवाले विराटनगरमा विराट राजाको दरबार क्षेत्रको उत्खननका लागि बजेट व्यवस्थापन गर्ने आश्वासन दिए । पुरातत्व विभाग मार्फत उत्खनन गर्ने उनको भनाइ छ ।

उनले ६५ वर्षमाथिका नागरिकलाई मासिक पाँच हजार भत्ता दिने योजना सरकारले बनाएको बताए । प्रतिनिधिसभामा कांग्रेसलाई जिताए ६५ वर्षपछि वृद्धभत्ता दिने बताउँदै उनले भने ‘संसार भरी यही नियम छ ।’

प्रधानमन्त्री देउवाले विराटनगरमा पहाडी र तराइ मूलका उम्मेदवार भएका कारण गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । ‘पहाडी मधेशी सबैको देश हो,’ उनले भने,‘ सबैलाई एकैसाथ लिएर जानुपर्ने आवश्यकता छ ।’

चुनावी सभामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षाका निम्ति गठबन्धन आवश्यक भएको बताए । कांग्रेस नेता डा। शेखर कोइरालाले लोकतन्त्रको रक्षाका लागि सत्तारुढ गठबन्धनलाई भोट दिनुपर्ने बताए ।
(यो समाचार अनलाइन खबर बाट लिइएको हो ।)

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed