शेयेर गर्नुहोस
कंचनपुर । कंचनपुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
मंगलबार दिउँसो जिल्लाको बेलडाँडी गाउँपालिका(१ को हुलाकी राजमार्गमा सुपप्र ०२००३ प ७२११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३६ वर्षीय सुनिल सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सार्कीले चलाएको मोटरसाइकल सडकमा रहेको खाल्डोमा परेर अनियन्त्रित भएर दुर्घटनामा परेको हो । गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।










