पुरुषलाई भन्दा महिलालाई निद्राको आवश्यकता धेरैः अध्ययन

शेयेर गर्नुहोस

काठमाडौँ । कोलम्बिया विश्वविद्यालयमा हालै भएको अध्ययनका अनुसार महिलालाई निद्रा पर्याप्त मात्रामा प्राप्त भएन भने उसमा मधुमेहको खतरा १६ प्रतिशतसम्म बढ्नेछ । महिलाले लगातार ६ हप्तासम्म आफ्नो निद्रा ९० मिनेट कम गर्दा उनीहरुको मर्निङ्ग फाष्टिङ इन्सुलिन १२ प्रतिशतसम्म बढेको अध्ययनमा शोधकर्ताहरूले भेट्टाएका थिए । मर्निङ्ग फाष्टिङ इन्सुलिन शरीरमा ब्लड सुगरको लेभल र दोस्रो खालको मधुमेह मापन गर्ने एक जरुरी मार्कर हो । इन्सुलिनको मात्रा ब्लड सुगर लेभलको अनुपातमा बढ्छ ।

सास फेर्नु, खान खानु र पानी पिउनुपछि जीवनको लागि सबैभन्दा जरुरी चिज हो निद्रा । निद्राको असर हाम्रो रोग प्रतिरोधात्मक क्षमता, शरीरको तौल, दिमागको फङ्गशन मात्रै होइन ब्लड सुगर र बिपीसम्म हुन्छ । सूक्ष्म तरिकाले हेर्ने हो भने निद्राको क्वालिटीले असर नगर्ने हाम्रो शरीरमा कुनै पनि गतिविधि पाउनै मुस्किल छ ।
डायबेटिज केयर जर्नलमा प्रकाशित कोलम्बिया विश्वविद्यालयको यो अनुसन्धानअनुसार निद्राको कमीले पुरुषको तुलनामा महिलामा खासगरी मेनोपज भइसकेका महिलाको ब्लड सुगरको लेभललाई धेरै प्रभावित बनाउँछ । वैज्ञानिकका अनुसार महिलाको शरीरको विशिष्ट हर्मोनल उतारचढावका कारण निद्राप्रतिको लापरबाही बढी हानिकारक छ ।

अध्ययनमा समावेश गरिएको एक तिहाइ महिलाको मेनोपज भइसकेको थियो । कूल ३८ मध्ये ११ जनाको मेनोपज भए पनि स्वास्थ्यसम्बन्धी अन्य मानकमा उनीहरू फिट थिए । अर्थात् कसैमा पनि मधुमेह थिएन । ब्लड सुगर सामान्य थियो । उनीहरू नियमित रूपमा सातरआठ घन्टा निदाउँथे ।

अध्ययनको बेलामा उनीहरूको निद्रालाई दुई हिस्सामा विभाजित गरियो । एक समूहलाई सामान्य जस्तै सुत्न भनियो । अर्को समूहको निद्रालाई डेढ घण्टा कम गरियो । ६ हप्ताको अवधिमा दुवै समूहको ब्लड सुगर लेभलको साथमा मर्निङ फाष्टिङ इन्सुलिन पनि हेरियो । निद्रामा ९० मिनेट कटाती गर्दा मेनोपज नभएका महिलाहरुको मर्निङ फाष्ट इन्सुलिन १५ प्रतिशत र भएकाहरूको २० प्रतिशत बढेको भेटियो ।

इन्सुलिन बढ्नु दोस्रो खालको मधुमेह सुरुआतको सङ्केत

अध्ययनकर्ताहरूका अनुसार ब्लड सुगर सामान्य भए पनि मर्निङ्ग फाष्टिङ इन्सुलिन बढिरहेको छ भने त्यस्तो व्यक्ति दोस्रो खालको मधुमेह हुने स्थितिमा छ वा तीव्र गतिमा सो दिशामा गइरहेको छ । महिलाहरूलाई लामो समयसम्म मधुमेह भएको पत्तै हुन्न । किनकि धेरै मात्रामा इन्सुलिन रिलिज भएर ब्लड सुगरलाई कन्ट्रोलमा राखिराखेको हुन्छ ।

नियमित जाँचको बेलामा डाक्टरहरूले मर्निङ्ग फाष्टिङ इन्सुलिन परीक्षण गर्नुको सट्टा ब्लड सुगरको लेभल मात्रै हेर्छन् । ब्लड सुगर लेभलले रगतमा अतिरिक्त सुगर छैन मात्रै भन्छ । इन्सुलिनको मात्रा निकै धेरै भएर ब्लड सुगर नियन्त्रित भएको अनि इन्सुलिनले ब्लड सुगरलाई लेभलमा राख्न धेरै मेहनत गरिरहेको बताउँदैनन् । इन्सुलिनमाथिको अतिरिक्त दबाबले शरीरलाई इन्सुलिन रेजिस्टेन्टको स्थितिमा धकेलिरहेको हुन्छ ।

महिलामा दोस्रो खालको मधुमेहको शुरुआती सङ्केत गर्ने अन्य लक्षणहरूः

–मूत्र नलीमा बारम्बार सङ्क्रमण हुनु

–योनीमा बारम्बार सङ्क्रमण भइरहनु

–पोलिसिष्टिक ओभरी सिन्ड्रोम

–हात खुट्टा निदाउनु

–अत्यधिक मोटोपना

–डिप्रेसन

–कोलेस्ट्रोल बढ्नु

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *