पीडामा नेपाली

शेयेर गर्नुहोस

धेरै नेपालीहरु रोजगारीको सिलसिलमा छिमेकी मुलुक भारतमा रहेका छन् । खुला सिमा नाका, बिना भिसा आउजाउ गर्न मिल्ने भएकाले पनि भारत पहिल्यैदेखि नेपालीहरुको रोजगार मुलुक हो भन्दा फरक पर्दैन । भारत गएर फर्किने क्रममा भने नेपालीहरुले धेरै दुःख पाउने गरेका छन् । नेपालमा रोजगार नहुँदा बाध्यताले परदेशमा काम गरेर गुजारा चलाइ रहेका नेपालीले फर्किने क्रममा जस्तो सास्ती खेप्छन् त्यसले कहिल्यै भारत फर्किने मन नभएको बताइ रहेका हुन्छन् ।


त्यहाँ नेपालीहरुमाथी भारतीयले गर्ने दुर्ववहार, लुटपाट, हत्या जस्ता घटनाले कतिसम्म पीडा खेपेर अर्काको देशमा काम गर्नुपर्ने बाध्यता छ भने प्रष्ट हुन्छ । गत शनिबार मात्र मुम्बईको रेलवे स्टेशनमा घर फर्किने रेलको समय कुर्दै गरेका एकजना युवामाथि प्रहरीले गालीगलौजसहित हातपात गर्यो तर निरीह उनी न केही बोल्न सके न केही गर्न । यो त एक उदाहरण मात्र हो, यस्ता घटना त भारतमा काम गरिरहेका नेपालीहरुले दैनिक भोग्नुपरिरहेको छ ।


एक जना मात्र देखे कुटपिटसहित लुटपाट गर्नेदेखि हत्यासम्म हुने गरेको छ । त्यस्तै अर्काले गरेको अपराध को दोषसमेत नेपालीलाई लगाएर कयौंलाई जेल चलानसमेत गरिएको छ । तर यस्ता घटनाहरुतर्फ नेपाल सरकारले कहिल्यै ध्यान नदिदा त्यहाँ कार्यरत नेपालीले दिनानुदिन पीडा भोगि रहेका छन् । देशमा रोजगारी सिर्जना गर्न नसके पनि परदेशमा काम गरेरै गुजारा चलाइरहेका नेपालीहरुको सुरक्षा, सम्मानजनक व्यवहारका लागि सरकारले सम्बन्धित निकायहरुमार्फत भारतसँग समन्वय गर्नुपर्ने देखिन्छ ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *