वर्तमान सरकार जनताप्रति उत्तरदायी बन्न सकेनः अध्यक्ष ओली

शेयेर गर्नुहोस

धनगढी, ७ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जनताप्रति उत्तरदायी बन्न नसकेको दाबी गरेका छन् । एमालेको नवौँ कैलाली जिल्ला अधिवेशनको सुखडमा उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

जता ततै भष्टचार र अनियमितता मौलाएको भन्दै प्रचण्ड नेतृत्वको सरकारलाई निकम्माको संज्ञा दिएका ओलीले बलियाका पक्षमा मात्र काम गरिरहेको आरोप लगाएका हुन् ।

धनुषा की आरती साह लाई न्याय दिन नसकेको उनको भनाई छ । एउटी महिलाले न्याय माग्दा उल्टै लछार पछार गर्ने गरेको, क्विन्टलका क्विन्टल सुन आएको देख्दा पनि यो सरकारले कारबाही गर्न नसकेको अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाए । ओलीले सुन तस्करीमा संलग्नलाई कारबाही गर्न खोज्दा आफ्नै मान्छे भेटेपछि छाडिदिने गरेको दाबी समेत गरे ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रता कमजोर भए पनि प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै देशमा सुशासन नै नभएको उल्लेख गरे । प्रधानमन्त्रीले बिना काम एक वर्ष बिताएको भन्दै ओलीले भाषणमा सच्चिन्छु भन्ने तर सच्चिने कहिले हो भनेर प्रश्न गरेका थिए । आफ्नो कार्यकालमा गरेका कामहरू अहिलेको सरकारले निरन्तरता नदिएको, वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न नसकिएको उनले बताए ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed