शेयेर गर्नुहोस
धनगढी, ७ फागुन । कैलालीमा प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको कैलारी गाउँपालिका–३ शिबरत्नपुरबाट १ ग्राम ९५० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने २८ वर्षीय सुरज लौकुस्मलाई आईतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले सुरजको साथमा लागूऔषध फेला पारी उक्त लागुपदार्थसहित उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।










