शेयेर गर्नुहोस
धनगढी, ७ फागुन । जिल्ला प्रहरी कार्यालय कैलालीको कमाण्डिङ गर्न प्रहरी उपरीक्षक (एसपी) पदम बहादुर विष्ट हाजिर भएका छन । प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको सरुवा भएपछि नयाँ प्रमुखका रुपमा विष्ट हाजिर भएका हुन ।
विष्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखको जिम्मेवारीमा आएका हुन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका नायब प्रहरी उपरीक्षक कुलदिप चन्दसहित प्रहरी कर्मचारीहरूले विष्टको स्वागत गरेका छन् ।
यसअघि जिल्ला प्रहरी प्रमुख रहेका पाल सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीमा काज सरुवा भएका छन । पाल आइतवार गणमा सरुवा भएर गएका थिए ।










