शेयेर गर्नुहोस
काठमाडौं, ७ फागुन । दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रवन्धक सञ्जीव झा र यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई कालोमोसो दल्ने वैद्यका कार्यकर्ता पक्राउ परेका छन् ।
काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीका अनुसार यी दुई घटनामा संलग्न मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कास्कीका सन्तोष परियार र कालिकोटका दिपेन्द्र परियार रहेका छन् ।
उनीहरु दुवै जना वैद्य नेतृत्वको पार्टी निकट क्रान्तिकारी युवासंघका कार्यकर्ता हुन् ।










