बझाङमा हत्याको आरोपमा बाउ छोरा पक्राउ

शेयेर गर्नुहोस

बझाङ / बझाङमा हत्या आरोपमा बाउ छोरा पक्राउ परेका छन् ।

जिल्लाको जयपृथ्बी नगरपालिका–७ सुबेडास्थित किमतोलीका ४० वर्षीय रामप्रशाद जोशीको हत्या गरेको अभियोगमा सोही स्थानका ४८ वर्षीय जयबहादुर हमाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेर हमालले कुटपिट गर्दा जोशीको मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको लागि हमालको छोरालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed