कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

शेयेर गर्नुहोस

धनगढी । कैलाली र कञ्चनपुरबाट सामान बरामद गरिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका—२ ट्राफिक चौराह, वडा नम्बर ९ बङ्ग्राकटान र वडा नम्बर १० बनकट्टिघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ४० हजार ७४० मूल्यको प्याज,चिनी,डाल्डा,सिद्रा माछा, होलीको रङ्ग, खुर्सानी लगायतका सामानहरु सोमवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका—२ भासीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १० हजार मूल्यको चरीको बिउ, कुकुरको ब्रस, काँगियो, कुकुर बाध्ने डोरी लगायतका सामान सोमवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed