माग पुरा भएपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिन एकीकृत समाजवादी सहमत

शेयेर गर्नुहोस

काठमाडौं । लिखित सहमतिबिना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने अडान लिएको नेकपा (एकीकृत समाजवादी)को माग पूरा भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको सत्तारुढ दल एमाले, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूको बिच सहमति भएको प्रधानमन्त्रीको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

मल्लका अनुसार यसअघि चार दलबिच भएको ८ बुँदे सहमतिमा पनि एकीकृत समाजवादीले हस्ताक्षर गरेको छ । यस्तै आज हुने राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा एकीकृत समाजवादीले मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।

‘खासगरी राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको विषयमा शीर्ष नेताहरूको बैठक बसेको हो । गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आफ्ना सांसदहरूलाई निर्देशन दिइएको छ’, बैठकबारे मल्लले भने, ‘अब कुनै समस्या छैन । यसअघि चार दलबिच ८ बुँदेमा हस्ताक्षर भएको थियो । अब पाँच दल भएको छ । सहमतिमा हस्ताक्षर भएको छ ।’

सोमबार बसेको एकीकृत समाजवादीको संसदीय दलमा पार्टीलाई जानकारी नदिई मन्त्रीको नाम दिएकोमा नेपालको चर्को विरोध भएको थियो । लिखित सहमतिबिना प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सांसदहरूले अडान लिएका थिए ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed