कैलालीमा लागूऔषधसहित चार जना पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीको विभिन्न स्थानबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।

लम्कीचुहा नगरपालिका-१ लम्की चोकबाट ४ ग्राम ५५० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने ३० वर्षीय दिनेश साँउद र २१ वर्षीय जनक बि.क.लाई सोमवार राति प्रहरीले पक्राउ गरेको हो । यसैगरी लम्कीचुहा नगरपालिका-१ का ३० वर्षीय प्रकाश बि.कलाई पनि सोही राति टिकापुर रोडबाट ८२० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको छ ।

यी तीनै जनालाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

त्यस्तै गोदावरी नगरपालिका-२ अत्तरिया स्थित पहाड जाने रोडबाट ४० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित गोदावरी नगरपालिका-११ बस्ने २५ वर्षीय मनोज बडैला सोमवार साँझ पक्राउ परेका छन् । बडैलालाई ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *