कञ्चनपुरको शुक्लाफाँटामा एक गाई गोठमा आगलागी

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा एक गाई गोठमा आगलागी भएको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका-१० झलारी स्थित जितराम चौधरीको काठले बनेको कच्चि गाई गोठमा आईतवार साँझ आगलागी भएको हो । आगलागी हुँदा गाई गोठ र गोठ भित्र रहेका काठ लगायतका सामान गरी अन्दाजी ७५ हजार बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको जनाइएको छ । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

amazed