कञ्चनपुरमा अढाई लाखभन्दा बढीको अवैध सामान बरामद

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा ढाई लाख बढीको अवैध सामान प्रहरीले बरामद छ । जिल्लाका विभिन्न स्थानबाट २ लाख ६१ हजार ३५१ मूल्य बराबराको अवैध सामान प्रहरीले बरामद गरेको हो ।

भीमदत्त नगरपालिका–१० विद्युत कार्यालय नजिक, भीमदत्त–११ चौकी सत्ता, बेलौरी नगरपालिका–१ फटैया, बेलौरी–२ बैजुडाँडा, बेलौरी–६ नकैया, भुराकोट र बेलौरी–१० भुडा पन्तचोक नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको चिनी, रिफाईन्ड तेल, चरिको बिउ, लेडिज सुट, चकलेट, सुर्ती, कस्मेटिक सामान, ब्रोइलर कुखुरा लगायतका सामान मंगलबार बरामद गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत इलाका प्रहरी कार्यालय बेलौरी तथा इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त मूल्यको सामान फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *