जलाधार व्यवस्थापन अधिकृत एक लाख ३० हजार रूपैयाँ घुससहित रंगेहात पक्राउ

शेयेर गर्नुहोस

लम्की । कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल एक लाख ३० हजार रूपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको हो ।

स्रोत नखुलेको एक हजार पाँच रुपैयाँसमेत गरी नेपालगन्ज उपमहानगरपालिका–२ बाट अख्तियार टोलीले पाललाई पक्राउ गरेको हो । नियन्त्रणमा लिई उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed