बाजुरामा दुई बालिका कर्णाली नदीमा बेपत्ता

शेयेर गर्नुहोस

बाजुरा । बाजुराको दुई बालिका कर्णाली नदीमा बगेर बेपत्ता भएका छन् ।

बाजुराको जगन्नाथ गाउँपालिका–२ बस्केना बस्ने नन्दबहादुर शाहको छोरी १५ वर्षीया सोबिना शाह र सोही ठाँउ बस्ने भुपेन्द्र शाहीको छोरी १३ वर्षीया सन्जु कुमारी शाही बिहीवार दिउँसो सोही ठाउँको नुनेपानी स्थित कर्णाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन् ।

प्रहरी चौकी कुन्ना बाजुराबाट प्रहरी टोली खटिई दुबै बालिकाको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । यी दुबै बालिकासहित ५ जना बालिका नुहाउने क्रममा नदीमा बगेकोमा तीन जना बालिकाको सकुशल उद्दार गरिएको साथै नदीमा बगेर बेपत्ता भएका दुई बालिकाहरुको खोजतलास गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed