डडेल्धुरामा पसलमा आगलागी

शेयेर गर्नुहोस

धनगढी । डडेल्धुरामा वनमा लागेको आगोबाट पसलमा आगलागी भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ रुवाखोला बस्ने उद्धव दियालको २ कोठे १ तले ढुङ्गा माटोले बनेको जस्ता पाताले छाएको पसलमा आगलागी भएको हो ।

नजिकै रहेको लालचुचरे सामुदायिक वनमा लागेको आगोबाट शनिवार आगलागी हुँदा पसलभित्र रहेका खुद्रा, स्टेशनरी, लत्ताकपडा, भाडाँकुडा लगायतका सामानहरु जलेर नष्ट भएका प्रहरीले बताएको छ ।

आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *