होटेल संघ नेपाल सुदूरपश्चिमको अध्यक्षमा भण्डारी चयन

शेयेर गर्नुहोस

धनगढी । होटेल संघ नेपाल (हान) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा दिनेशराज भण्डारी चयन भएका छन् । संघका केन्द्रिय अध्यक्ष बिनायक शाहको सभापतित्वमा आइतवार साँझ भएको कार्यक्रममा साथी होटेलका संचालक भण्डारी प्रदेश अध्यक्षमा चयन भएका हुन् ।

प्रदेशको ५ सदस्यीय शाखा गठन गरिएकोमा अन्य सदस्यमा चौलानी ग्रुपका प्रबन्ध निर्देशक मानसिंह साउद, फ्लोरा होटेलका संचालक पुष्पराज कुंवर, होटेल गंगोत्रीका संचालक जगदीश भट्ट र होटेल डिभोटीका संचालक ज्ञानेन्द्र गुप्ता चयन भएका छन् ।

देशका सातै प्रदेशमा संघ बिस्तार गर्ने अभियान अन्तर्गत सुदूरपश्चिम प्रदेशमा समेत संघको शाखा बिस्तार गरिएको हानका केन्द्रिय अध्यक्ष शाहले बताए ।

ताजा खबर

amazed