कैलालीमा भन्सार छलीका सामान बरामद

शेयेर गर्नुहोस

धनगढी । कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ ।

धनगढी उपमहानगरपालिका–३ ब्यारेल, भजनि नगरपालिका–३ ठेकीपुल टिकापुर नगरपालिका–६ बेलुवा चोक भित्रि सडक खण्डबाट अवैैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब १ लाख, १३ हजार, ६५० बराबरको प्याज, चिनी, अचार, सुर्ती, युरिया मल, स्याम्पु, कुरकुरे, गाडीको बुस, ईन्भटर, लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

त्यसैगरी धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी गन्तव्य रिसोर्ट नजिकबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ८५, हजार, १८० बराबरको मोबाईल कभर २३९ पिस, मोबाईलको ग्लास १३० पिससहित धनगढी उपमहानगरपालि–८ धनगढीगाँउका २२ वर्षीय रबि रानालाइ पनि प्रहरीले पक्राउ गरेको हो ।

रानालाइ मोटरसाइकल सहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।

amazed