शेयेर गर्नुहोस
धनगढी । बाजुरास्थित जिल्ला कारागारमा कैदीबन्दीबीच विवाद हुँदा हात हालाहाल भएको छ । आइतबार २ जना कैदीबीच लफडा भएको हो ।
जिल्लाको त्रिवेणी नगरपालिका–९ का तुलाराम थापा र शेरबहादुर ऐरीको आपसमा लवmडा भएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका तुलाराममाथि कर्तव्य ज्यान मुद्दाका कैदी शेरबहादुरले आक्रमण गरेका हुन् ।
अहिले उनीहरूलाई प्रहरीले जेलभित्रै कडा निगरानीमा राखेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डीएसपी दिलीपकुमार गिरीले बताए ।















