कैलालीमा एक फर्निचर उद्योगबाट अवैध काठ बरामद

फाइल फोटो

शेयेर गर्नुहोस

धनगढी । कैलालीको एक फर्निचर उद्योगबाट अवैध सालको काठ बरामद गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१५ बस्ने राजमती रानाले सञ्चालन गरेको राम फर्निचर उद्योगबाट आईतबार सालको १ थान गोलिया बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त फर्निचर उद्योगमा चेकजाँचका क्रममा टाँचा नलगाएको १ थान (२९ क्युफिट) सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उक्त काठको मुल्य अन्दाजी ४२ हजार रहेको बताईएको छ । उक्त काठ आवश्यक प्रकृया पुरा गरी सव डिभिजन वन कार्यालय फुलबारीको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

ताजा खबर

amazed