कैलाली र कञ्चनपुरबाट दुई लाख बराबरको अवैध सामान बरामद

FILE PHOTO

शेयेर गर्नुहोस

धनगढी । कैलाली र कञ्चनपुरबाट प्रहरीले दुई लाख बराबरको अवैध सामान बरामद गरेको छ । शुक्रबार प्रहरीले कैलालीको धनगढी, टीकापुर, भजनी र कञ्चनपुरको बेलौरीबाट भन्सार छलिका सामान बरामद गरेको हो ।

टीकापुर नगरपालिका–९ बालुवाटार, धनगढी उपमहानगरपालिका–१ पार्कमोड, धनगढी–२ ट्राफिक चौराह र भजनी नगरपालिका–कनैयापुरबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ५३ हजार २५० रुपैयाँ बराबरका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जसमा प्याज, चिनी, बिडी, सुर्ती, पेय पदार्थ, प्लाष्टिक झिल्ली लगायतका सामानहरु रहेका छन

त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैया पिपल चौतारा, बेलौरी–६ भुराकोट र बेलौरी–७ पौलाहाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ५० हजार ८१५ रुपैयाँ बराबरको समान बरामद गरेको प्रहरीले जनाएको छ । जसमा बिडी, सुर्ती, पेय पदार्थ, छोहरा, खाने तेल, कराई, कचौरा, नट बोल्ड, प्लाष्टिक झिल्ली, मोटरसाईकल लगायतका सामानहरु रहेका छन ।

ताजा खबर

amazed