कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा दिन बिराएर लागुऔषमा संलग्नहरु पक्राउ पर्दै आएका छन । यसैक्रममा फेरी लागुऔषधसहित दुई जना युवक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीको प्रहरी टोलीले लागुऔषधसहित गोदावरी नगरपालिका–१ अनामनगरका पारस रोकायालाई अत्तरियाबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरुबाट बाट १ ग्राम ५ सय नब्बे मिलिग्राम लागुऔषध बरामद गरिएको जनाएइको छ।

यसैगरी धनगढी उपमहानगरपालिका–७ देवरियाबाट ८ सय ९० मिलिग्राम लागुऔषधसहित सोही ठाउँका २२ वर्षीय सेरा भन्ने सुरेन्द्र रानालाई शुक्रवारराति प्रहरीले पक्राउ गरेको हो ।

ताजा खबर

amazed