शेयेर गर्नुहोस
कञ्चनपुर । कञ्चनपुरको वेदकोट र भीमदत्त नगरपालिकाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन ।
शुक्रबार बेदकोट नगरपालिका–६ घुर्सुवाबाट लागूऔषधको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा स्थानीय २७ वर्षीय अबिशेक चटौत पक्राउ परेका हुन । उनको साथबाट ०.०९ ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पक्राउ परेका चटौतलाई सोधपुछ गर्दा स्थानीय सागर साउँदले घरबाट पनि ०.११ ग्राम लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ, डिजिटल काँटा र प्लाष्टिकको पुडिया बरामद गरिएको थियो । साउँद लागूऔषध किनबेच गर्ने गरेको र उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।
यसैबिच भिमदत्त नगरपालिका–४ गोबरियाका ३१ वर्षीय रवि सिंह भाट पनि पक्राउ परेका छन । उनको साथबाट लागूऔषध PHENERGAN Ampul २०५, REXOGESIC Ampul ३४ र प्रयोग भएको सिरिञ्ज थान १ बरामद गरिएको प्रहरीले जनाएको छ ।















