मनसुन सक्रिय हुँदै गएकाले सीडीओहरुलाई जिल्ला नछाड्न गृह मन्त्रालयको निर्देशन

शेयेर गर्नुहोस

काठमाडौँ । गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

विपद् व्यवस्थापनमा पालिकासँग समन्वय गर्न र जिल्ला नछाड्न पनि सीडीओहरुलाई गृह मन्त्रालयले भनेको छ । गृह सचिव एकनारायण अर्यालले हिजो ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् सुरक्षा निकायका पदाधिकारीसँग विपदजन्य घटना व्यवस्थापनबारे भएको छलफलमा यस्तो निर्देशन दिएका हुन् ।

उनले देशभर हुनसक्ने विपदजन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका पालिकासँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । प्रदेश सरकार, निजी क्षेत्र, सामाजिक संस्था परिचालनका निम्ति समन्वय गर्न एवम् सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिएका मन्त्रालयले जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *