शेयेर गर्नुहोस
कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी स्थित चौधर नदीमा आएको बाढीले नहर फुटाएको छ । जिल्लाको बेलडाँडी गाउँपालिका–५ स्थित गणेश मावि भुर्सा नजिकै चौधर नदीमा आएको बाढीले शिवनगरमा मेन नहर फुटेको हो ।
नहर फुटेपछि चौधर नदीको पानी बस्तीमा पसिसकेको महाकाली सिँचाइ जल उपभोक्ता समितीका केन्द्रिय अध्यक्ष भीमबहादुर थापाले बताए । अध्यक्ष थापाका अनुसार ईमिलिया, झिलमिला, बैवाह, चवन्नी, खौरिघाट र बेलौरी नगरपालिका भुडा, शिवनगर, सडघाटका गाउँ डुबानको जोखिममा छन् । थापाका अनुसार २०६५ सालमा बेलडाँडीमा चौधर नदी बस्तीमा पस्दा ठूलो क्षती पुगेको थियो ।















