आफुमाथि कारवाही गरेर देखाउन नेता भिम रावलको चुनौती

शेयेर गर्नुहोस

टीकापुर । नेकपा (एमाले) का नेता भीमबहादुर रावलले आफूमाथि कारबाही गरेर देखाउन चुनौती दिएका छन् ।

गृहजिल्ला अछाममा मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै रावलले आफूलाई कारबाही गरेर देखाउन एमालेलाई चुनौती दिएका हुन्। देश, जनता र पार्टीले लिएको नीतिको पक्षमा आफू खडा भएको केही मानिसहरुलाई बिझाई रहेको भन्दै नेता रावलले त्यस्ता पात्र र प्रवृत्तिलाई चुनौती दिन आफू सक्षम रहेको दाबी गरे ।

पार्टी विचार शुन्य अवस्थामा पुगेको भन्दै नेता रावलले आफू पार्टीको विधि, विधान र सिद्धान्तको पक्षमा बोल्दै आएकोतर्फ सबैको ध्यानाकर्षण पनि गराउन खोजिरहेको बताए ।

पार्टीबाट कारबाहीको तयारी भइरहेको छ भन्ने सुनिन्छ नि भन्ने प्रश्नमा उनले भने, पार्टीको सिद्धान्तलाई जोगाउनुपर्छ, विधि विधान अनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण मलाई कारबाही गरिन्छ भने त्यो गरेर देखाउन ठाडो चुनौती दिन्छु । पार्टीले चुनौतीको सामना गरे त्यसपछिको कदम चालौँला ।’

उनले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने हल्लामा सत्यता नरहेको बताउदै कार्यकर्ताको जनचाहाना र सुझाव अनुसार अघि बढ्ने उल्लेख गरेका छन् ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *