मदनकृष्णको अभिनयमा ‘बुढेसकाल’

शेयेर गर्नुहोस

एजेन्सी । लोकप्रिय बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ िहरिभक्त बुढाथोकीले रचेको गीतको संगीत चेतन चुडाल र एरेन्ज चन्दन शाहले गरेका छन् ।

गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठसँगै अभि सुनार, मारिया कार्की, जेशिका पोख्रेल, राधिका गजमेरको पनि अभिनय छ । भिडियोमा बालकलाकार फयाश्री निरौला, अंशु बराइली, लिजेन बराइली, जुविन कोइराला, सुयांश सापकोटाको समेत अभिनय देख्न सकिन्छ । गीतमा वृद्ध अवस्थाका दुःख, पीडा र पारिवारिक अपहेलनालाई प्रस्तुत गरिएको छ ।

भिडियोका निर्देशन सङ्केत अगस्तिले गरेका छन् भने मुकेश हुँमागाईं र टिमले छायांकन र मीन रावलले कलर एवं सम्पादन गरेका हुन् । गीतको भिडियो गीतकार हरिभक्त बुढाथोकीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

ताजा खबर

कैलालीको जानकीका युवकको करेन्ट लागेर मृत्यु

कैलालीको टीकापुरबाट लागुऔषध सहित ३ जना पक्राउ

कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *